चिन्नुहोस् कुन फन्ट हो

इन्टरनेटमा विभिन्न वेबसाइट हेर्ने क्रममा हामीले धेरै जानकारी मात्र पढिरहेका हुँदैनौं। फरक फरक डिजाइन र फन्टको विविधता पनि हाम्रो आँखामा आइरहेका अनि गइरहेका हुन्छन्। वेबसाइटमा राखिएका लोगो तथा तीनको लेखाइमा प्रयोग भएका फन्टले पनि हामीलाई आकर्षित गरिरहेको हुन्छ। तपाइँलाई लाग्दो हो यो वेबसाइटको लोगोमा राखेको फन्ट निक्कै राम्रो रहेछ वा यो फोटो माथिको फन्ट राम्रो रहेछ। त्यस्तो फन्ट आफ्नो संस्था वा वेबसाइटको लोगोमा प्रयोग गर्न पाए भन्ने पनि लाग्दो हो। त्यसखालको फन्ट चिन्न र डाउनलोड गर्न पाए हुन्थ्यो भन्ने पनि हुँदो हो। वेबसाइटहरु हेर्दा तपाइँलाई त्यसखालको विचार आएको छ भने तपाइँलाई सहयोग गर्ने वेबसाइट पनि छ। जसले कुनै पनि तस्विर, लोगो वा वेबसाइटमा लेखिएका फन्ट कुन हो भन्ने पत्ता लगाइ दिन्छ। जसका लागि तपाइँले कुनै पनि फन्ट भएको तस्विर नै अपलोड वा त्यो तस्विर रहेको वेबसाइटको लिंक त्यसमा राख्नुपर्छ। त्यसपछि वेबसाइटले सोध्ने केही जानकारीहरु त्यसमा राखेपछि तपाइँले जान्न खोज्नुभएको फोटोमा रहेको फन्ट यसले पत्ता लगाइ दिन्छ। यो वेबसाइटमा फन्टहरुको ठूलो सँग्रह छ जसले गर्दा यसले धेरै फन्टको नमुना देखाउँछ। तर यसले जेपीजी, जीआइएफ र पीएनजी फरम्याटका फोटोहरुमा भएका फन्टहरु मात्र पत्ता लगाउन सक्छ। त्यसका लागि यहाँ क्लिक गर्नुहोस्।

20130528-122742 AM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s