कुन वेबसाइटका यूनिक भिजिटर कति:

वेबसाइट तथा ब्लग चलाउनेका लागि महत्वको विषय हो यसका भिजिटर अर्थात् पाठक, दर्शक एवं स्रोता। किनभने वेबसाइटका भिजिटरको आधारमा नै त्यसको लोकप्रियता र बजार क्षमताको आँकलन हुन्छ। त्यसो त कुनै वेबसाइटमा विज्ञापन गर्ने वा नगर्ने अनि कति समय र स्थानमा कत्रो विज्ञापनका लागि कति पैसा लाग्ने भन्ने कुरा पनि त्यो वेबसाइटको दैनिक भिजिटरको संख्याको आधारमा नै निर्धारित हुन्छ। त्यसो त वेबसाइटमा देखिने विज्ञापनले इन्टरनेटको ब्याण्डवीथ खाने र गति नै सुस्तो बनाइदिने भएकाले वेबसाइटका विज्ञापन रोक्ने खालका सफ्टवेयर पनि उपलब्ध हुन थालिसकेका छन्। वेबसाइटमा विज्ञापन दिने तथा वेबसाइट सञ्चालकका लागि अनलाइनमा विभिन्न टुलहरु छन् जसले कुन वेबसाइट कतिले हेर्छन् र कहाँ कहाँबाट हेर्छन् भन्ने जानकारी दिन्छन्। त्यस्तै खालको जानकारी दिने एउटा वेबसाइट हो डीग साइट भ्यालु। जसले वेबसाइटका दैनिक यूनिक भिजिटरको संख्या पत्ता लगाइदिन्छ। वेबसाइटका लागि यूनिक भिजिटर भनेको फरक आइपीबाट वेबसाइट खोल्ने व्यक्ति हो। यो वेबसाइट वास्तवमा वेब मास्टरहरुका लागि लक्षित हो जसले डोमेनको हु इज, आइपी लोकेसन, वेबसाइट खुल्ने गति, पेज रयांक, र्सभरको अवस्था, एलेक्सा रयांक, वेबसाइटका भित्री तथा बाहिरी लिंकहरु, वेबसाइटको मुल्य जाँच लगायतका विभिन्न सेवाहरु निशुल्क उपलब्ध गराउँछ।

त्यसो त यसको विशेषता भनेको कुन वेबसाइट कुन देशका कति जनाले हेर्छन साथै दैनिक विज्ञापनबाट कति सम्म कमाउन सक्छ भन्ने पनि पत्ता लगाउँछ। यो वेबसाइटले पत्ता लगाउने अर्को राम्रो कुरा भनेको सबैभन्दा बढि हेरिने देशमा उक्त वेबसाइट कति नम्बरमा पर्छ साथै यसको मुल्य कति हुन सक्छ भन्ने पनि पत्ता लगाउँछ। सरकारी वा शैक्षिक वेबसाइटहरुमा उक्त वेबसाइटको लिंक छ कि छैन साथै वेबसाइटका लागि खोजि गरिएका शब्दहरु पनि यसले पत्ता लगाउँछ। यो वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s