यहाँबाट पाऔं फ्रि किताब (Read/Download Free Books Here)

तपाइँलाई पढाइको शौख छ। पढ्दा आनन्द लाग्छ वा तपाइँ आफ्नो कलेज तथा विश्वविद्यालयमा अध्ययनका क्रममा आवश्यक किताबहरु किन्न सकिरहनु भएको छैन। लामो यात्रामा जान लाग्नुभएको छ वा अनुसन्धानको काममा लाग्नुभएको छ भने तपाइँलाई आवश्यक पर्ने किताबहरु खरिद गर्दा धेरै मुल्य तिर्नुपर्ने हुन्छ। वास्तवमा अहिले पढ्नको लागि मानिससँग अभिलाषा, समय र धैर्य मात्र भएर पुग्दैन योसँग आर्थिक पक्ष पनि जोडिन्छ।

इन्टरनेट पढ्ने र पढ्न चाहनेका लागि सबै अवसर निशुल्क दिने साधनका रुपमा आएको छ। जहाँ सबै पुस्तकहरु निशुल्क पाउन सकिन्छ। त्यति मात्र होइन कहाँ कहाँ निशुल्क किताबहरु छन् भन्ने पनि थाहा पाउन सकिन्छ। त्यति मात्र होइन तपाइँले कम्प्युटर, क्यामेरा वा कुनै उपकरण किन्नुभयो र त्यसको म्यानुअल छैन भने त्यो पनि निशुल्क पाउन सकिन्छ।

इन्टरनेटमा रहेका विभिन्न वेबसाइट, संस्था तथा पुस्तकालयहरुले पनि निशुल्क सयौं पुस्तक दर्जनौ विधा र विषयमा उपलब्ध गराइरहेका छन्। जसबाट बिना पैसा नै पुस्तक पढ्न र संग्रह गर्न सकिन्छ। यी पुस्तक कम्प्युटर, ल्यापटप, पाल्मटप, मोबाइल वा ट्याब्लेटमा राखेर पढ्न पनि सकिन्छ। अथवा चाहनुभयो भने प्रिन्ट गरेर राख्न पनि सक्नुहुन्छ।

यसरी निशुल्क किताबहरु पाउने वेबसाइट र ठेगानाहरु सबैलाई थाहा नभइरहेको हुनसक्छ। इन्टरनेट भनेको समुन्द्र जस्तो हो जहाँ सबैकुरा छन् मात्र पत्ता लगाउन र पाउनु पर्छ। यहाँका धेरै सेवा र सुविधा निशुल्क छन्। नेपालमा यतिखेर इबुकका रुपमा विभिन्न पुस्तकहरु पीडीएफ फाइलमा बिक्रि हुन थालेको छ। हो त्यस्तै पीडीएफ खाले इबुकहरु हुन् जो निशुल्क पाउन सकिन्छ इन्टरनेटमा। जसले तपाइँको अध्ययनमा लाग्ने खर्चहरु कटौती गरिदिन्छ। त्यतीमात्र होइन तपाइँलाई पढ्न पर्याप्त स्रोतहरु पनि उपलब्ध गराउँछ।

आज अर्को एउटा इन्टरनेटको कुनोको बारेमा उल्लेख गर्न लागिरहेको छु जसले तपाइँलाई इन्टरनेटमा भएका सबै त्यस्ता निशुल्क किताबहरु उपलब्ध गराउने छ। ती किताब कुनै साधन वा उपकरण चलाउन सिकाउने म्यानुअल पनि हुन सक्छन् या कतैका प्राज्ञिक लेख वा अनुसन्धान पनि। मात्र तपाइँले आफूले चाहेको विषय उल्लेख गरे पुग्छ। किताबहरु सबै तपाइँको कम्प्युटरमा देखिन्छन्। इन्टरनेटमा उपलब्ध यस्ता निशुल्क किताबहरु पाउने एउटै बाटो हो एचक्यू बुक्स। जसले इन्टरनेटमा भएका सबै निशुल्क किताबहरु खोजेर तपाइँलाई उपलब्ध गराउँछ। यो वास्तवमा इन्टरनेटमा उपलब्ध निशुल्क किताब खोज्ने र्सच इन्जिन हो। यसले त्यस्ता पुस्तकहरु आफ्नै र्सभरमा भने राखेको हुँदैन।

यो र्सच इन्जिनको डाटाबेसमा ५७ लाख ८५ हजार भन्दा बढी यस्ता निशुल्क पाइने किताबको डाउनलोड लिंक छ। जसमा मनोविज्ञान देखी साहित्य, अनुसन्धान देखी राजनीति सबै रहेका छन्। तपाइँ कम्प्युटर चलाउन वा वेबसाइट डिजाइन सिक्दै हुनुहुन्छ या वेब एप्लिकेसन त्यस्तै इन्जिनियरि गर्दै हुनुहुन्छ भने पनि तपाइँलाई यो र्सच इन्जिनले निशुल्क रुपमा किताब, जर्नल तथा लेख पाउन मदत गर्नेछ। यो र्सच इन्जिनको प्रयोग गरि निशुल्क किताब पाउन यहाँ क्लिक गर्नुहोस्।

20130526-113840 AM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s