२४ घण्टे अल्टीमेटम सकियो, आज बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र

२४ घण्टे अल्टीमेटम सकियो, आज बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र

वृजराज कुशवाहा/नवलपरासी, ०८ जेठ, गण्डक पीडितहरुले नहरको पानी बन्द गर्नका लागि भारतीय पक्षलाई दिएको २४ घण्टे अल्टिमेटमको समय सकिएको छ, भारतले पानी बन्द गरेन । पुर्व निर्धारित कार्यक्रम अनुसार आज बुधवार गण्डक पीडितले नहरको पानी बन्द गर्नका लागि त्रिवेणी बैराजमा लगाईएको फाटक अर्थात रेगुलेटरको डोरी काटेर भएपनि नहरको पानी अवरुद्ध गर्ने भएका छन् । गण्डक पीडितहरुले भारतको उत्तर प्रदेशमा सिंचाईका लागि पानी जाने मुख्उ पश्चिमी गण्डक नहरको पानी बन्द गर्नका लागि दिएको अल्टिमेटमको समय मंगलवार सांझ ५ बजे सकिएको हो ।

गण्डक नहरको पानी बन्द गरेपछि भारतका ३ जिल्ला महराजगञ्ज, गोरखपुर र देवरियाका १ लाख हेक्टर बढी क्षेत्रफलमा रहेको खेती योग्य जग्गा सिंचाईबाट वञ्चित हुनेछ । धान खेतीका लागि बेर्ना राख्ने महत्वपुर्ण समय पारेर गरिएको बन्द आह्वानबाट भारतले ठुलो क्षति व्योहोर्नु पर्ने जोखिममा परेको छ ।

विगतका सन्धि सम्झौताहरु कार्यान्यवन नभएको भन्दै पानी रोक्ने आन्दोलनमा उत्रेका गण्डक पीडितहरुको पुर्व घोषित कार्यक्रम अगावै भारतीय पक्षले नहरमा पानी खोलेर आन्दोलन तुहाउन खोजेको समिति सचिव दुधनाथ गुप्ताले बताएका छन् ।

गण्डक क्षेत्रका संरचनाहरु मर्मत सम्भारका लागि एक महिनाका लागि बन्द गरिएको नहरमा समय पुर्व नै पानी खोलिएको छ । भारतीय पक्षले पानी खोलेपछि गण्डक पीडितहरु झनै आक्रोसित बनेका छन् ।

20130522-122335 AM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s