यहाँबाट राखौं सन्तानको नाम:

यहाँबाट राखौं सन्तानको नाम:

नाम, मानिसको परिचय मात्र होइन उसको सम्प्रदाय, मुलुक र धर्मको प्रतिनिधित्व गर्न यसले। मानिसलाई चिन्ने माध्यम मात्र होइन एक व्यक्तिबाट अर्कोलाई फरक पार्ने काम पनि नामले नै गर्छ। हाम्रो सभ्यता र संस्कृतीले जन्मेको ११ औं दिनलाई नामाकरणको दिन मानेको छ। जन्मँदाको तिथी, नक्षत्र, घडी पला आदि सबै हेरेर पण्डितबाट नाम जुराइने गरेको छ। पण्डितले जन्मेको ११ औं दिनमा राखिदिएको नाम नै संसारमा चिनिने वा अरुभन्दा फरक साबित गर्ने माध्यम हो। त्यसैले नाम अर्थपूर्ण, अरुसँग नमिल्ने र बोलाउँदा राम्रो सुनिने राख्ने गरिन्छ। आधुनिकीकरण, शहरीकरण र बसाइँसराईका कारण सबैलाई पण्डितको सल्लाह लिने अवसर नमिल्न पनि सक्छ। साथै समय अनुसार जुरेको नाम (राशीको नाम भन्ने प्रचलन छ) समय अनुसार नमिलेको वा सुन्दा राम्रो लाग्ने नहुन पनि सक्छ। त्यस्तो अवस्थामा बोलाउने र औपचारिक नामका रुपमा भिन्दै नाम पनि राख्ने गरिएको पाइन्छ। त्यसका लागि धेरैले शब्दकोष पल्टाउने तथा मानिसहरुसँग सोधेर राखिन्छ। कतिपयले त श्रीमान श्रीमतीको नामका विभिन्न शब्द जोडेर सन्तानको नाम राखेको देख्न सुन्न पाइन्छ। इन्टरनेट र डिजिटल प्रविधिले मानिसलाई धेरै कुराहरु सँगै संस्कृतका अर्थ मात्र होइन नाम पनि जुराइदिने गरेको छ। अहिले इन्टरनेटमा त्यस्ता धेरै वेबसाइट छन् जसले तपाइँलाई आफ्नो सन्तानको नाम राख्न मद्दत गर्छन्। नामका विविधता साथै तीनले राख्ने अर्थहरुको भण्डार कै रुपमा रहेका छन् नामाकरण गर्ने वेबसाइटहरु। ती मध्ये केही तल उल्लेख छन्।

गुरुडटकमडटएनपी (guru.com.np)

गुरुडटकमडटएनपी नेपालीहरुका लागि सबै भन्दा उपयोगी वेबसाइट हो। यसमा नेपाली चार्डव, तिथी मिति देखी लिएर धार्मिक ग्रन्थहरु पढ्ने सुविधा रहेको छ। विवाह, बेलविवाह, ब्रतबन्ध देखी जंखु, ल्होसार, तीची, बुद्ध जयन्ती, छठ, योमरी पुन्ही, माघे सक्रान्ति, तीज, गठेमंगल लगायत नेपाली चार्डपर्वका बारेको स्रोतकेन्द्र नै हो यो वेबसाइट। साथै यसमा ज्योतिष सम्बन्धी सामग्री पनि उपलब्ध छ। यो वेबसाइटको महत्वपूर्ण पक्ष भनेको यसमा नेपाली बालबालिकाका लागि उपयोगी हुने नेपाली नामहरुको संग्रह छ। अर्थसहित यसमा नेपाली बालक र बालिकाका लागि राख्न हुने नामहरु यसमा सुझाइएको छ। जहाँबाट आफूलाई अर्थपूर्ण लागेको नाम बालबालिकाका लागि छान्न सकिन्छ।

हिन्दूनेम्सडटनेट (hindunames.net)

बालबालिकाका लागि नाम खोज्नेका लागि ठूलो भण्डार हो यो वेबसाइट। जसमा हिन्दू देवी देवता तथा प्रचलनमा रहेका विभिन्न नामहरु राखिएका छन्। शब्दक्रम अनुसार राखिएका नामहरुको अर्थ साथै उपयुक्त नाम छनौटका लागि सहयोग पनि यो वेबसाइटमा पाउन सकिन्छ। यसमा बालिका तथा बालकका लागि छुट्टाछुट्टै नाम सिफारिस गरेको पाउन सकिन्छ। आफूलाई राम्रा लागेका नामहरुबीच तुलना गरेर उपयुक्त छनौटको अवसर यो वेबसाइटले दिन्छ।

चाइल्डनेम्सवर्ल्डडटकम (childnamesworld.com)

यो वेबसाइट विश्वभरीका बच्चाहरुका लागि उपयोगी नामहरुले भरिएको छ। यसले देश, धर्म र संस्कार अनुसार नामहरु क्रमबद्ध रुपमा राखेको पाउन सकिन्छ। यो वेबसाइटमा चार लाख १४ हजार तीनसय भन्दा बढी नामहरु राखिएका छन्। वेबसाइटले आफ्नो उदेश्य नै अभिभावकहरुलाई जन्म, अंक र ज्योतिषको आधारमा उपयुक्त नाम छनौटका लागि सहयोग गर्नु रहेको उल्लेख गरेको छ।

हिन्दूचाइल्डनेम्सडटकम (hinduchildnames.com)

हिन्दू शब्दका एकलाख नामहरु रहेको वेबसाइटका रुपमा यसले आफूलाई चिनाएको छ। सुरुमै कृष्ण भजनबाट स्वागत गरेको वेबसाइटमा बालक र बालिकाका लागि फरक फरक नामहरु सुझाइएका छन्। जसमा नामहरु न्यूमिरोलोजी अनुसार विभिन्न अंकका आधारमा छनौट गर्न सकिन्छ। यसमा नम्बर चार्ट पनि राखिएको छ। त्यसरी नै ज्योतिषका आधारमा पनि नाम खोज्ने सुविधा यसमा छ। विवाह जुराउने देखी लिएर राशिफल र नक्षत्रफलका बारेमा पनि यसमा उल्लेख गरिएको छ।

बेबिनोलोजिडटकम (babynology.com)

यो वेबसाइटमा विश्वभर जन्मने बच्चाहरुका लागि नाम राखिएका छन्। अफ्रिकन, अमेरिकन देखी एशिया र यूरोपका बच्चाहरुका लागि ठिक हुने नामहरु यसमा पाइन्छ। साथै विश्वभर लोकप्रिय छनौटमा परेका नाम देखी अरुसँग नमिल्ने अनौठा नामहरु पनि यसले सिफारिस गर्दछ। एक लाख ५१ हजार भन्दा बढी नामहरुको संग्रह रहेको वेबसाइटमा नामका अर्थ मात्र नभएर नाम खोज्ने अभिभावकलाई विभिन्न सुझावहरु पनि वेबसाइटले दिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s