३ लाख गित डाउनलोड गर्न मिल्ने नयाँ स्मार्टफोन बजारमा

भारतिय मोबाईल निर्माता कम्पनि माईक्रोम्याक्सले ३ लाख गित डाउनलोड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्बजनिक गरेको छ । कम्पनिले आफ्नो क्याभास सेरिज अन्तर्गत म्युजिक ए ८८ मोडलको स्मार्टफोन सार्बजनिक गरेको हो । नामबाटै पनि माईक्रोम्याक्सको नयाँ स्मार्टफोन म्युजिक फोन हो भन्ने थाहा हुन्छ । कम्पनिले प्रयोगकर्ताले यो फोनमा ३ लाख गित डाउनलोड गर्न सक्ने दावी गरेको छ । यसमा ४ दशमलब ५ ईञ्चको डिस्प्ले स्क्रिन दिईएको छ ।

एन्ड्रोयडको ४.१ जेलीबीन अपरेटिङ सिस्टममा रन गर्ने यस फोनमा १ गिगाहर्जको ड्युल कोर प्रोसेसर रहेको छ । यस्तै यसमा ५ सय १२ एमबिको ईन्टरनल मेमोरी र एक्पेन्डेबल मेमोरीबाट ३२ जिबी सम्म बढाउन मिल्छ । क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्जलको रियर र ० दशमलब ३ मेगापिक्जलको फ्रन्ट मेमोरी रहेको छ ।
माईक्रोम्याक्सले यसमा जम्मा १८०० एमएच क्षमता रहेको ब्याट्रि दिएको छ, जुन एन्ड्रोयड फोनका लागी कम नै हो । कम क्षमताको ब्याट्रि भएकाले चार्ज चाँडो सकिने समस्याले प्रयोगकर्ता हैरान हुन सक्छन । कम्पनिले म्युजिक ए ८८ मोडलको यस फोन कालो र सेतो कलरमा बजारमा उपलब्ध हुने बताएको छ ।

20130520-023612 AM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s