आफ्नो भाग्य आफै जान्नुस्:

भाग्य, यसमा धेरै विश्वास छ विश्वभर। मानिसलाई आफ्नो भविष्यको चिन्ता र चासो हुनु स्वभाविक हो। भविष्य प्रतिको यसखालको चासो आजको होइन आदीकाल देखी नै मानिसले यसप्रति चासो राखेको कारण नै ज्योतिष एक प्रमुख विधाको रुपमा रहँदै आएको छ। मानिसले जति नै आफूलाई आधुनिक र वैज्ञानिक खालको व्यक्तित्वको रुपमा उभ्याएपनि ज्योतिष र भाग्यको विषयमा भने उ आफूलाई झुक्याउन सक्ने अवस्थामा छैन। त्यसैले आधुनिक भनाउनेहरु बीच पनि ज्योतिष र ज्योतिषी उत्तिकै लोकप्रिय रहेका छन्। ज्योतिष विधा र विद्या पनि समय अनुसार बदलिइरहेको छ। अहिले चिना तथा टिप्पन हातले लेखेर घडी पलाको हिसाब गर्ने जमाना रहेन। कम्प्युटरमा सफ्टवेयरको माध्यमबाट पत्ता लाग्छ भाग्य। त्यसमा पनि यो अब यति सहज बनिसक्यो कि हरेक मानिस आफै आफ्नो भाग्य पत्ता लगाउन सक्छ। त्यसका लागि विभिन्न सफ्टवेयरहरु तयार छन्। जसले जन्म मिती, जन्मस्थान र समयको जानकारी दिएपछि तपाइँको भूत, वर्तमान र भविष्य बताइदिन्छन्। यदी तपाइँ पनि आफ्नो भविष्य बारे जान्न चाहनुहुन्छ भने ज्योतिषीकोमा गएर आर्थिक खर्च गर्नुपर्दैन तपाइँले घरमा नै आफ्नो उत्सुकता शान्त गर्न सक्नुहुन्छ। त्यसका लागि विभिन्न सफ्टवेयर निशुल्क पनि उपलब्ध छन्। ज्योतिष विधाको राम्रो विकास भएको भारतमा यस्ता सफ्टवेयरहरु निशुल्क पनि उपलब्ध हुन थालेका छन्। नेपालमा पनि ज्योतिषिय सफ्टवेयर बन्ने भएपनि ती कुनै पनि निशुल्क उपलब्ध छैनन्। त्यसका लागि कम्तिमा १० हजार त खर्च गर्नै पर्छ। तर भारतमा तयार सफ्टवेयर हिन्दी एवं अंग्रेजीमा पनि चलाउन सकिने भएकाले तीनले पनि नेपालीका लागि सहि रुपमा नै काम गर्छन्। तपाइँ आफ्नो भविष्य जान्न उत्सुक हुनुहुन्छ भने लाइफ साइन नामको यो सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ। यो सफ्टवेयर निशुल्क संस्करणमा पनि उपलब्ध छ। यसलाई डाउनलोड गर्न यहाँ http://downloads.indianastrologysoftware.com/free/1040/hin/LifeSignMini.exe क्लिक गर्नुहोस्।

20130520-025945 AM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s