भाइबर @ डेस्कटप

भाइबर @ डेस्कटप:

तपाईं भाइबर प्रयोग गर्नु हुन्छ ? मोवाइलमा नेटवर्क नभएर समस्या भोग्नु भएको होला । तपाईंलाई खुसीको खवर छ । मोवाइलमै विश्वभर निशुल्क फोन गर्न सकिने यो एप्लिकेसन (एप) को डेस्कटप भर्सन सार्बजनिक भएको छ । तपाईंले एउटै नम्बर प्रयोग गरेर विभिन्न डिभाइसमार्फत विश्वभर संचार सुविधा प्रयोग गर्न सक्नुहुन्छ । कार्यालय, घर, स्कुल, यात्रामा जहाँ भए पनि एउटै नम्बर प्रयोग गरेर कुराकानी गर्न सक्नुहुन्छ । स्काइपलाई चुनौति दिने गरी आएको यस एप्सले केही नयाँ सुविधासमेत थपेको छ । मोवाइलमा डेक्सटपबाट कल गर्ने सुविधा दिने भाइबर पहिलो एप हो ।

यसले निशुल्क कल गर्ने सुविधा दिन्छ । यसका लागि छुट्टै एकाउन्ट बनाउनु पर्दैन । मोवाइल नम्बरलाई नै यसले एकाउन्टको रुपमा लिन्छ । भाइबरले मोवाइलमा रहेका कन्ट्याक्ट लिस्ट, मेसेज र कल हिस्ट्रीलाई सिंक्रोनाइज गर्छ । मोवाइल र डेस्कटप डिभाइसको नम्बर, मेसेजलगायत सिंक्रोनाइज गर्ने भएकाले एउटामा भएका सामग्री डिलेट गर्दा अर्कोमा त्यसको असर देखिन्छ ।

कुरा गर्ने अर्को डिभाइसमा पनि भाइबर हुनु आवश्यक छ । यसलाई प्रयोग गर्न कुनै मुलुकको सीमानाले छेक्दैन । युरोप होस् वा अमेरिका । जहासुकै बस्ने आफन्तसाग नेपालबाट जुनसुकै बेला भाइबरबाट निशुल्क कुरा गर्न सकिन्छ । डिभाइसमा इन्टरनेटको कनेक्सन चाहीं हुनुपर्छ, चाहे वाइफाइ होस् वा थि्रजी (थर्ड जेनरेशन) नेटवर्क ।

साइप्रसको कम्पनी भाइबर मेडियाले यस एपको विकास गरेको हो । अमेरिकी-इजरायली ब्यवसायी टालमन मार्कोले स्थापना गरेको भाइबर मेडियाका बेलारुस र इजरायलमा डेभलपमेन्ट सेन्टर छन् । भाइबर एपका झण्डै २० करोड प्रयोगकर्ता रहेको कम्पनीले यसबाट अहिलेसम्म कुनै आम्दानी भने गरेको छैन । यसले यसै बर्ष (सन २०१३) देखि भने ‘स्टिकर स्टोर’ बाट कमाउन थाल्ने बताएको छ । यसले अहिलेसम्म एडभर्टाइजिङलाई स्वीकारेको छैन ।

अघिल्लो सातामात्र सार्बजनिक भएको डेस्कटप सस्करणमा भिडियो कल गर्नेसमेत सुविधा छ । यसबाहेक भाइबरमार्फत टेक्स्ट (एसएमएस), फोटो पठाउन र भ्वाइस कल गर्न सकिन्छ । यसमार्फत ग्रुप कन्भर्सेसनको समेत सुविधा छ । अनगोइङ कललाई डिभाइसबीचमा ट्रान्सफर गर्न सकिन्छ । डेस्टटप भर्सनबाट भिडियो मेसेज (भिडियो भ्वाइस मेल) पठाउने सुविधा छ । यस्तै नयाँ स्टिकर, लास्ट अनलाइन स्ट्याटस हेर्ने सुविधासमेत यसमा छ । यसलाई रजिस्ट्रेसन गर्ने, पासवर्ड राख्ने र अरुलाई इन्भाइट गर्ने जरुरत पदैन । यसको भ्वाइस क्लालिटी पनि निकै राम्रो छ ।

यसको सबैभन्दा सुन्दर विशेषता भनेको निकै सजिलो एक्टिभेसन प्रोसेस हो । डेक्सटपमा चलाउन भाइबर डटकममा गएर यसलाई डाउनलोड गर्न सकिन्छ । यसका विन्डोज र म्याक दुवै डेस्कटपमा प्रयोग गर्न मिल्ने भर्सन छन् । डाउनलोड गर्न तपाई मोवाइलको भाइबर युजर हुनुपर्छ । डेक्स्टप एपले मोवाइलमा एप डाउनलोड गर्न भन्छ । डेक्सटपमा इन्स्टल गरेपछि तपाईंले चलाउदै आउनु भएको मोवाइल नम्बर माग्छ । मोवाइल नम्बर इन्ट्री गरेपछि भाइबरले मोवाइलमा कोड नम्बर पठाउछ । त्यस कोडलाई इन्ट्री गरेपछि डेक्सटपमा भाइबर प्रयोग गर्न सकिन्छ । ‘मानिस कार्यालय वा घरमा रहदा ल्यापटप वा डेक्स्टप प्रयोग गर्छन्’, भाइबरका प्रमुख कार्यकारी टालमोन मार्को भन्छन्,’उनीहरुलाई भारबरको नया भर्सनले सघाउनेछ ।’

भाइबर मिडियाले डेक्स्टप भर्सनमा ८ नया भाषालाई पनि प्रविष्ट गराएको छ । यसपछि भाइबरले सपोर्ट गर्ने भाषाको संख्या २७ पुगेको छ ।

भाइबरले प्रख्यात कम्पनी माइक्रोसफ्टको ब्याकिङमा रहेको भ्वाइस र भिडियो कलको लागि चर्चित स्काइपलाई एक स्टेप अगाडि बढेर गम्भिर चुनौती दिएको छ । स्काइपबाट मोवाइल वा ल्यान्डलाइनमा कल गर्न शुल्क तिर्नुपर्छ । निशुल्क भिडियो/भ्वाइस कल गर्न छुट्टै आइडी बनाउनुपर्छ । झण्डै ६० करोड प्रयोगकर्ता रहेको स्काइपलाई डेस्कटपबाटै फोन गर्ने सुविधा दिएपछि उपभोक्ता भाइबरतिर आकषिर्त हुने देखिएको छ । मोवाइलमा थि्रजी नेटवर्क त्यति राम्रो नभएको र जताततै वाइफाइ सुविधा नपाएका नेपालीलाई समेत भाइबरको डेस्कटप सस्करणले मोहनी लगाउने निश्चित छ ।

भाइबरको डेक्सटप भर्सन कर्पोरेट युजरहरुलाई निकै उपयोगी हुने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष नारायण न्यौपाने दावी गर्छन् । ‘नेपालमा इन्फ्रास्ट्रक्चरको अभावले थि्रजी र वाइफाइ सेवा त्यति भरपर्दो नभएको अवस्थामा भाइबरको डेक्सटप भर्सन कम्युनिकेसनमा निकै उपयोगी हुने देखिएको छ,’ उनले भने, ‘डेस्कटपबाटै फोन गर्न मिल्ने सुविधाले कर्पोरेट ग्राहकलाई संचारमा हुने खर्च निकै घटाउने छ ।’ उनले भौतिक पूर्वाधारको अभावमा नेपाली उपभोक्ताले धेरै एप्लिकेसनहरु प्रयोग गर्न नपाएको बताए । viber डाउनलोड गर्न यहाँ http://www.viber.com क्लीक् गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s